सुनको मूल्यमा भारी गिरावट
प्रकाशित मिति : 22 March, 2023 12:13 pm

काठमाडौँ । आज बुधवार नेपाली बजारमा छापावाला सुनको मूल्यमा भारी गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकमारी अनुसार आज बुधवार छापावाला सुनको मूल्य तोलाको २ हजार रुपैयाँले घटेर तोलाको एक लाख ७ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।