१२ श्रावण २०८१, शनिबार

आइएमई मोटर्स र नबिल बैंकबिच कर्जा उपलब्ध गराउने सम्झौता

प्रकाशित मिति :  22 March, 2023 5:44 pm


काठमाडौँ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबिच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ साेरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !