काठमाडौँमा सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू
काठमाडौँ । सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौँको विशालनगर सोरुम र अन्य स्थानहरूमा एक्सचेञ्ज क्याम्प सुरू गरेको हो ।
बुधबारदेखि १० चैतसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ ।
सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी सो अवसरमा साेरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरूलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने छ । ‘स्विच टु ईभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरू लाभान्वित हुन सक्ने कम्पनीले जनाएकाे छ ।
नेटा भी कारमा सबैभन्दा ठुलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८।५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६।६ किलोवाटको चार्जर र एक वर्षको बिमाको सुविधा निःशुल्क उपलब्ध छ । एक पटक फुल चार्जमा ३८० कि मि नेटा भी नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो ।








