सुनको मूल्य बढ्यो
प्रकाशित मिति : 24 March, 2023 10:49 am

काठमाडौँ । आज साताको अन्तिम कारोबारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८०० रुपैयाँले बढेर तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ३०० रूपैयाँ रहेको छ ।
महासंघका अनुसार आज चाँदीको भने मूल्य स्थिर रहेको छ । बिहिबार तोलाको १३६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य स्थिर रहि सोही मूल्यमा नै कारोबार हुनेछ ।