७ बैशाख २०८१, शुक्रबार

सुनको मूल्यमा गिरावट

प्रकाशित मिति :  26 March, 2023 11:38 am


काठमाडौँ । आज आइतबार नेपाल सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार एक सय रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघको विवरण अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर तोलाको १३७० रुपैयाँमा कारोबार भइहेको छ ।
अघिल्लो कारोबारमा छापावाला सुनको मूल्य तोलाको एक लाख ९ हजार ८०० र चाँदी तोलाको १३६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !