नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने
प्रकाशित मिति : 26 March, 2023 11:46 am

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ७३. ६८ प्रतिशत लाभाशं घोषणा गरेको छ । आर्थिक वर्षको २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कम्पनीको चैत्र ९ गते बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।