६ पुस २०८२, आइतबार

राष्ट्र बैंकको निर्देशनपछि महुली लघुवित्तको लाभांश संशाेधन

प्रकाशित मिति :  26 March, 2023 12:45 pm


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले लाभांश संशाेधन गरेको छ । यसअघि सेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने घोषणा गरे पनि नेपाल राष्ट बैंकको निर्देशन अनुसार संशाेधन गरेको कम्पनीले जनाएको छ । कम्पनीले १० गते एक सूचना प्रकाशित गर्दै उक्त विषयको जानकारी गराएको हो ।

गत पुस २५ गते बसेको महुली लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत लाभांस प्रस्ताव गरेको थियो जसमध्ये २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका थिए।

प्रस्तावित लाभांशसहितको वित्तीय विवरण स्वीकृतिका लागि संस्थाले राष्ट्र बैंकमा पेस गरेको थियो।

राष्ट्र बैंकले भने चैत १० गते संस्थालाई पत्र पाउँदै चुक्ता पुँजीको १५ प्रतिशत (नगद र बोनससमेत गरी कर प्रयोजनार्थसमेत) आगामी साधारणसभाबाट स्वीकृतपछि मात्रै वितरण गर्न संस्थालाई निर्देशन दिएको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !