६ पुस २०८२, आइतबार

महिला नेतृत्व शिखर सम्मेलन सुरू

प्रकाशित मिति :  26 March, 2023 2:28 pm


काठमाडाैँ । नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौँमा सुरू भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरू भएको हो । सम्मेलन कोभिड–१९ महामारीपछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेको छ । कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने उद्देश्य सम्मेलनको रहेको छ ।

सम्मेलनमा लैंगिक समानताका विषयसहित महिला नेतृत्वहरूबीच विचार आदान–प्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरूका सफलता सुनाउने, महिलाहरूलाई प्रोत्साहित गर्ने र एक–अर्काबाट सिक्ने अवसर प्राप्त हुनेछ । विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स, जर्मनीलगायत मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रका प्रभावशाली व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पु¥याएकी म्यागी डोइन र सोनिका मानन्धरलाई इन्स्पायरिङ ओमन अफ द इयरबाट सम्मान गरिएको छ । सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका लागि महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको प्रदर्शनीसमेत गरिएको छ । सम्मेलन समापनका दिन सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !