६ बैशाख २०८१, बिहिबार

यी हुन आज सबैभन्दा धेरै गुमाउने ९ लघुवित्त कम्पनी

प्रकाशित मिति :  26 March, 2023 4:44 pm


काठमाडौं । सेयरबजारमा आज म्यूचुअल फण्ड र लघुवित्त उपसमुहको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये म्यूचुअल फण्ड ४.७७ प्रतिशत र लघुवित्त उपसमुह ३.८५ प्रतिशतले घटेका छन् ।

जसमध्ये आज नेप्सेमा सबैभन्दा धेरै गुमाउने १० कम्पनीमा ९ वटा लघुवित्त रहेका छन् । जीवन विकास लघुवित्त वित्तीय, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था, युनिक्यू लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै महिला लघुवित्त वित्तीय संस्था सेयरमूल्य ९.९५ प्रतिशत,किसान लघुवित्त वित्तीय संस्था ८.८१ प्रतिशत, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था ८.४४ प्रतिशत, मानुषि लघुवित्त वित्तीय संस्था ८.२० प्रतिशत, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था ८.०८ प्रतिशत, सिर्जनशिल लघुवित्त वित्तीय संस्था ७.१८ प्रतिशत, लिर्बटी इनर्जी कम्पनी ६.८० प्रतिशतले घटेको छ ।



प्रतिक्रिया दिनुहोस !