सुनचाँदीको मूल्य घट्यो, कतिमा भयो कारोबार ?
प्रकाशित मिति : 27 March, 2023 11:13 am

काठमाडौँ । आज सोमबार सुनचाँदी बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलाको १० रुपैयाँ बढेको चाँदीको मूल्य आज सोमबार १० रुपैयाँले घटेर १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।