१५ चैत्र २०८०, बिहिबार

नेशनल माइक्रो फाइनान्स लघुवित्तको लाभांश दोस्रो पटक संसोधन

प्रकाशित मिति :  27 March, 2023 12:20 pm


काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश संसोधन गरेको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुई पटक संसोधन भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लाभांश दर घटाएर अब गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर मात्र वितरण गर्ने निर्णय गरेको हो ।

यस लघुवित्तले सुरुमा घोषणा गरेको ३८.५ प्रतिशत बोनस सेयर प्रस्तावलाई संशोधन गरी ३४.४५ प्रतिशतमा झारेको थियो । अहिले त्यसलाई फेरि घटाएर १५ प्रतिशत बोनस सेयरमा सीमित गरी आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

नियामक नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको कम्पनीले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस !