७ बैशाख २०८१, शुक्रबार

यी चार प्रदेशमा वर्षा हुने

प्रकाशित मिति :  28 March, 2023 7:13 am


सांकेतिक तस्बिर

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आज बिहान देशका सुदुरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

त्यस्तै दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग तथा हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !