५ पुस २०८२, शनिबार

तोलामा एक हजार घट्यो सुन, कस्तो छ आजको मूल्य ?

प्रकाशित मिति :  28 March, 2023 11:16 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य आरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको विवरण अनुसार आज छापावाला सुनको मूल्य तोलाको एक हजार रुपैयाँ घटेर तोलाको एक लाख ८ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार आज मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !