सुनको मुल्य तोलामा ५०० रुपैयाँ बढ्यो
प्रकाशित मिति : 29 March, 2023 12:27 pm
काठमाडौँ । आज बुधवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँ बढेर तोलाको एक लाख ८ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलाको १३५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलाको १० रुपैयाँ बढेर तोलाको १३६५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।








