आज राम नवमी, मधेस प्रदेशमा सार्वजनिक बिदा
प्रकाशित मिति : 30 March, 2023 8:56 am
काठमाडौँ । आज चैत्र शुक्ल नवमी अर्थात् रामनवमी पर्व । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ ।
आजको दिन बिहानै स्नान गरी व्रत बसी भगवान रामको पूजा आराधाना गरिन्छ । आजका दिन जनकपुरको रामजानकी मन्दिरमा विषेश पूजा आराधान गर्नेको घुँइचो लाग्ने गर्दछ ।
त्यस्तै काठमाडौँको बतिस पुलती, ललिलपूर र भक्तपुरका लगायत देशभरका राम मन्दिरमा आज भक्तजनको भीड लाग्ने गर्दछ ।
त्रेतायुगमा चैत शुक्ल नवमीमा जन्म लिएका विष्णुका अवतार यस लोकमा आगमनको भएको खुसीयालीमा आजको दिनलाइ राम नवमीलाई उत्सव र श्रद्धाका साथमा मनाउने गरिन्छ ।
वैदिक सनातन हिन्दु धर्म सँस्कृतिमा रामलाई सबै भन्दा बढी पुजिने भगवानका रुपमा लिइन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।








