मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना
प्रकाशित मिति : 2 April, 2023 7:03 am
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।








