५ पुस २०८२, शनिबार

२० अंकले घट्यो नेप्से परिसूचक

प्रकाशित मिति :  2 April, 2023 5:58 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ३.७२ अंकले घटेर ३५५.७५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।

आइतबार नेप्सेमा कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ५ लाख ६२ हजार ४ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.६१ प्रतिशतले घटेको छ ।

कुल २६० कम्पनीको ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !