आज यी चार प्रदेशमा पानी पर्ने
प्रकाशित मिति : 3 April, 2023 7:41 am
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भ-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।








