९ पुस २०८२, बुधबार

शरीरका अंग दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ : अध्यक्ष नेपाल

प्रकाशित मिति :  3 April, 2023 1:56 pm


काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताए । उनले अरू कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताए ।

उनले भने, “मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।”

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिल समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !