२२ बैशाख २०८१, शनिबार

तोलामा एक हजार बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  4 April, 2023 11:08 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार छापावाला सुनको मूल्य तोलाको एक हजार बढेर तोलाको एक लाख ९ हजार रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन तोलाको एक लाख ८ हजार र चाँदी १३९० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !