२२ बैशाख २०८१, शनिबार

जि.डब्लु.एम नेपालले सार्वजनिक गर्‍यो नयाँ वर्ष अफर

प्रकाशित मिति :  4 April, 2023 12:22 pm


काठमाडाैँ । ग्रेट वाल मोटर (जि।डब्लु।एम) गाडीको नेपालका लागि आधिकारीक विक्रेता भि।जी। इम्पेक्सले नेपाली नयाँ वर्ष २०८० को अवसरमा (हर्षमय नव वर्ष २०८०) अफर सार्वजनिक गरेको छ।

यो अफर नेपालभर १५ दिनसम्म लागू हुने यो अफरमा खरिद गरिएका जि।डब्लु।एम का सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख रुपैयाँ बराबरको फाइदा उपलब्ध हुने कम्पनीले बताएको छ।

जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू मान्य हुनेछ।

(हर्षमय नव वर्ष २०८०) अभियान ग्राहकहरू प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै सार्वजनिक गरेको हो र ग्राहकहरूलाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लासपूर्ण बनाउन उत्कृष्ट विकल्प हुने कम्पनीको भनाइ छ।

यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुट सहित ५ लाखसम्मको फाइदा पाउनेछन्। हरेक जि।डब्लु।एम गाडीको खरिदमा, ग्राहकले निःशुल्क एक्सेसोरिज का साथ स्ट्यान्डर्ड वारेन्टी, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुने कम्पनीले बताएको छ।



प्रतिक्रिया दिनुहोस !