२४ बैशाख २०८१, सोमबार

अल नासरको जितमा रोनाल्डोको दुई गोल

प्रकाशित मिति :  5 April, 2023 8:40 am


काठमाडौँ । साउदी प्रिमियर लिगमा अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । अल नासरले घरेलु अल एडालाहमाथि ५-० को फराकिलो जित दर्ता गरेको हो ।

अल नासरको जितमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो र एन्डरसन टालिस्काले समान दुई गोल गर्दा एमन अहमेदले एक गोल थपे ।

मंगलबार राति भएको खेलको ४०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।

खेलकाे ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा रोनाल्डोले टालिस्काको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए ।

७८औं मिनेटमा टालिस्काले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अल नासर ४-० को अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा एमन अहमेदले गोल गर्दै अल नासरकाे अंक फराकिलाे परे ।

यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल इतिहाद ५३ अंक जोडेर शीर्षस्थानमा छ।



प्रतिक्रिया दिनुहोस !