५ पुस २०८२, शनिबार

सुनको मूल्य हालसम्मकै उच्च: तोलाको एक लाख ११ हजार

प्रकाशित मिति :  5 April, 2023 11:18 am


काठमाडौँ । नेपाली बजारमा आज बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्य भएको रेकर्ड बनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको एक लाख १० हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ह्रातै बढेको छ । मंगलबार तोलाको १४०० रुपैयाँमा कारोबार भएको चाँदी आज बुधवार तोलामै ४० रुपैयाँ बढेर तोलाको १४४० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !