क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई
प्रकाशित मिति : 5 April, 2023 11:52 am
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज अन्तिम सुनुवाई हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको स्रोतले जनाएको छ । ।
लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा गत १३ चैतमा पेसी परेपछि उनकै कानुन व्यवसायीले अनुरोधमा पेशी स्थगित गरिएको थियो ।
पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।
चैत १३ मा फैसला पेशीको सुनुवाइ तोकिएकोमा सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको थियो । त्यसदिन थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी परेको थियो ।
गत ५ भदौमा राति सिनामंगलस्थित एक होटेलमा लगेर बलात्कार गरेको भन्दै लामिछानेविरुद्ध एक किशोरीले जाहेरी दिएकी थिइन् ।








