२४ बैशाख २०८१, सोमबार

बार्सिलोनालाई हराउदै रियल म्याड्रिड फाइनलमा

प्रकाशित मिति :  6 April, 2023 8:48 am


काठमाडौँ । रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

बुधवार राती भएको खेलमा रियल म्याड्रिडका कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक गरेपछि ‘एल क्लासिको’ मा बार्सिलोनामाथि सानदार जित दर्ता गर्दै फाइनलमा प्रवेश गरको हो ।

बार्सिलोनाकै मैदानमा भएको दोस्रो लेगमा ४–० को तथा समग्रमा ४–१ को जित दर्ता गर्दै रियलले फाइनलमा स्थान बनाएको हो ।

दोस्रो लेगमा रियलको सानदार जितमा कप्तान तथा फरवार्ड करिम बेन्जेमाले ह्याट्रिक पूरा गर्दा भिनिसियस जुनियरले एक गोल थपे । नोउ क्याम्पमा घरेलु टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि दोस्रो हाफमा लय समात्न नसक्दा फराकिलो हार व्यहोर्‍यो।

पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले कप्तान बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए ।

दोस्रो हाफमा आक्रमक खेल खेलेको रियलका लागि ५० औं मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ७ मिनेटपछि बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३-० मा पुग्यो।

खेलको ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बेन्जेमाले ह्याट्रिक पूरा गरे।



प्रतिक्रिया दिनुहोस !