२४ बैशाख २०८१, सोमबार

न्यूजिल्याण्डका कप्तान विलियम्सनले विश्वकप गुमाउने

प्रकाशित मिति :  6 April, 2023 9:37 am


काठमाडौँ ।न्यूजिल्याण्डका कप्तान विलियम्सनले घुँडाको चोटका कारण विश्वकप गुमाउने भएका छन्

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले घुँडाको लिगामेन्टमा भएको चोटका कारण यस वर्षको अन्त्यमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न नसक्ने सम्भावना रहेको बिहीबार घोषणा गरिएको छ ।

चेन्नई सुपर किंग्स विरुद्धको आईपीएल २०२३ को उद्घाटन खेलमा गुजरात टाइटन्सका लागि फिल्डिङ गर्ने क्रममा दायाँ घुँडाको अग्रगामी क्रुसिएट लिगामेन्ट च्यातिएपछि स्टार ब्याट्सम्यानको शल्यक्रिया आवश्यक रहेको न्यूजिल्याण्ड क्रिकेटले जनाएको छ। मैदानमा घाइते भएपछि उनी टूर्नामेन्टबाट बाहिरिएर घुँडाको शल्यक्रिया गर्न न्यूजील्याण्ड फर्किएका थिए ।

प्रशिक्षक ग्यारी स्टेडले ३२ वर्षीय कप्तानले अक्टोबरमा सुरु हुने एकदिवसीय विश्वकप खेल्न तयार हुने ूसम्भवू नरहेको बताए।

विलियम्सनको अनुपस्थितिमा पछिल्ला दुई टूर्नामेन्टमा उपविजेता बनेको न्यूजील्याण्ड टिम ब्ल्याक क्याप्सका लागि पहिलोपटक विश्वकपको कप उचाल्ने सपनामा झट्का लागेको छ ।

‘स्वाभाविक रूपमा यस्तो चोट लाग्नु निराशाजनक छ, तर मेरो ध्यान अहिले शल्यक्रिया छ,’ विलियमसनले एक विज्ञप्तिमा भनेका छन्, ‘यसले केही समय लिनेछ तर जतिसक्दो चाँडो मैदानमा फर्किन मैले सक्दो प्रयास गर्नेछु।’

विलियम्सन न्युजिल्याण्ड क्रिकेटका प्रमुख ब्याट्सम्यान मध्येका एक हुन्। उनले अघिल्लो विश्वकपको फाइनलमा पुग्ने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए, जहाँ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका थिए।

फाइनलमा बराबरी भएपछि न्युजिल्यान्डले सुपर ओभरमा बाउन्ड्री काउन्टब्याकमा इङ्ल्यान्डसँग हार बेहोरेको थियो।

विलियम्सनले डिसेम्बरमा न्युजिल्यान्डको टेस्ट कप्तानको पद छोडेका थिए तर अझै पनि एकदिवसीय र ट्वान्टी(२० टोलीको कप्तान छन्।



प्रतिक्रिया दिनुहोस !