५ पुस २०८२, शनिबार

तोलामा ८०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  6 April, 2023 11:56 am


काठमाडौँ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबार एक लाख ११ हजार पुगेको सुनको मुल्य आज बिहिबार तोलामा ८०० रुपैयाँ घटेर तोलाको एक लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर तोलाको १४३५ रुपैयाँ कारोबार मुल्य तोकिएको छ । बुधबार छापावाला सुनको मुल्य तोलाको एक लाख ११ हजार र चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !