सहकारीलाई गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनमा प्रथामिकता
प्रकाशित मिति : 6 April, 2023 7:12 pm
काठमाडौँ । सरकारले सहकारी क्षेत्रलाई गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनको क्षेत्रको रूपमा प्रथमिकता दिने भएको छ ।
सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सहकारी क्षेत्रको प्रवद्र्धन गरेर गरिबीको रेखामुनि रहेका जनतालाई खाद्य, शिक्षा, स्वास्थ्य, आवास, सीप विकास र रोजगारीको कार्यक्रम ल्याउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
त्यस्तै जेष्ठ नागरिक, असहाय, अशक्त, भएका व्यक्ति, एकल महिला तथा विपन्न व्यक्तिहरूका साथै दलित, उत्पीडित तथा पिछडिएको वर्ग, अल्पसब्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई दिइएको सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।








