५ पुस २०८२, शनिबार

सुनको मूल्यमा सामान्य गिरावट, चाँदी बढ्यो

प्रकाशित मिति :  7 April, 2023 11:21 am


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्यमा प्रतितोला २०० रुपैयाँ घटेर तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।

आज चाँदीको मुल्य भने बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १४४० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !