‘सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउन आवश्यक छ’
काठमाडौँ । सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउन दुई दशकबाट काम गर्दै आएको इन्फो डेभलपर्स प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत, उमेश रघुवंशीले बताए ।
राष्ट्रिय सहकारी महासंघ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत गर्दै रघुवंशीले सहकारीलाई डिजिटल युगमा प्रवेश गराउनको लागि इन्फोडेभलपर्सले सहकारी विभागदेखि नियमन निकायहरूसँग सम्वन्य गर्दै आएको बताएका हुन् ।
उनले पछिल्लो समय सहकारी क्षेत्रहरूमा समस्या देख्नुको कारण संस्थाहरूले आफ्ना आर्थिक गतिविधिहरू विभिन्न सफ्टवेयरमा नहाल्नुको कारण रहेकाे बताए । उनले भने, “सहकारीहरू डिजिटलमा जानको लागि त्यति खर्चिलो पनि छैन । आजको दिनमा संस्थाहरूको तंथ्याक पाउन सकस नै रहेको छ । त्यसकारण स्थानीय तह र प्रदेश तहहरूमा रहेका सहकारीहरूले सफ्टवेयरको प्रयोग गरेर आफ्नो आर्थिक गतिविधि त्यसमा हाल्दा सहकारी संकटबाट मुक्त हुन्छन् । ’’








