२३ बैशाख २०८१, आइतबार

हैदरावादलाई हराउँदै शीर्ष स्थानमा उक्लियो लखनऊ

प्रकाशित मिति :  8 April, 2023 9:29 am


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै लखनऊ सुपरजायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ।

घरलु मैदानमा १२२ रनको सामान्य लक्ष्य पाएको लखनऊले १६ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गरेको थियो। लखनऊले सुरुवाती तेस्रो खेलमा दोस्रो जित हात पार्दा हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ।

लखनऊको जितमा अलराउन्डर क्रुनाल पान्ड्याले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । क्रुनाल पान्ड्याले २३ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए। कप्तान लोकेश राहुल सर्वाधिक ३५ रन बनाउदा ओपनर कायल मेयर्स १३े रन बनाए।

हैदराबादका आदिल राशिदले ३ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले एक एक विकेट हात पारे ।

टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन मात्र बनाउन सक्यो । हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ३५ रन बनाउदा ओपनर अनोमलप्रित सिंहले ३१ रनमा आउट भए ।

लखनऊको जितमा क्रुनाल पान्ड्याले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए । अमित मिश्राले २ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस !