२४ बैशाख २०८१, सोमबार

मेसी र रामोसको गोलमा पीएसजीको सहज जित

प्रकाशित मिति :  9 April, 2023 9:05 am


काठमाडौँ । अर्जेन्टिनी कप्तान तथा फरवार्ड लियोनेल मेस्सीले एक गोलसँगै असिस्ट प्रदान गरेपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सहज जित दर्ता गरेको छ ।

घरेलु मैदानमा लगातार दुई हारपछि पीएसजीले लिगमा पहिलो खेल जितेको हो । पीएसजीले शनिवार राती नाइसलाई २-० ले पराजित गरेको हो । पिएसजीको जितमा मेसी र डिफेन्डर सर्जियो रामोसले १/१ गोल गरे।

खेलको २६औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सर्जियो रामोसले मेसीकै पासमा पीएसजीका लागि दोस्रो गोल गरे ।

जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ ।



प्रतिक्रिया दिनुहोस !