२४ बैशाख २०८१, सोमबार

सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ आज

प्रकाशित मिति :  9 April, 2023 9:58 am


काठमाडौँ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

सर्वोच्च अदालतले सो मुद्दाको चाँडो किनारा लगाउनका लागि निर्देशन दिए अनुसार आजै फैसला आउन सक्ने सम्भावना रहेको छ ।

बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले सुरुवातमा पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर पाटन उच्च अदालतले उनलाई सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गरेको थियो । उनलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएपनि सर्वोच्चले भने विदेश जान अनुमति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !