५ पुस २०८२, शनिबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  9 April, 2023 11:24 am


काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी शुक्रबार एक लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि आज आइतबार पनि सोही मूल्यमानै कारोबार हुने जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १४४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रहि आइतबार पनि सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !