५ पुस २०८२, शनिबार

तोलामा ७०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  10 April, 2023 11:56 am


काठमाडौँ । नेपाली बजारमा आज सोमबार छापावाला सुनको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार स्थिर रहेको छापावाला सुनको मूल्य आज सोमबार तोलामा ७०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ८ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १४४० रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार तोलाको १० रुपैयाँ घटेर तोलाको १४३० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !