४ पुस २०८२, शुक्रबार

उद्योग वाणिज्य महासङ्घको साधारणसभा आजबाट सुरु

प्रकाशित मिति :  11 April, 2023 9:23 am


काठमाडौँ । आजदेखि नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु हुँदैछ ।

उद्योगी व्यवसायीहरूको छाता संस्था महासङ्घको ५७ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजित साधारण सभाको उद्घाटन आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ ।

साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । सभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् । उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने बुधवार निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् ।

साधारण सभाले महासङ्घको नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व चयन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !