सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति : 11 April, 2023 11:15 am
काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर तोलाको एक लाख ९ हजार ८०० रुपैयाँ कारोबरा मूल्य तोकिएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ३०० रुपैयाँ रहको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १४३५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको एक लाख ९ हजार ३०० र चाँदी १४३० रुपैयाँमा कारोबार भएको थियो ।








