५ जेष्ठ २०८१, शनिबार

‘सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा सम्मुन्नति ल्याउन सक्छ’

प्रकाशित मिति :  11 April, 2023 3:54 pm


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा सम्मुन्नति ल्याउने बताए ।

मंगलबार महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले उद्योगी तथा व्यवसायीहरू बिचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने बताउँदै तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरूले नै मुलुकमा सम्मुन्नति कोर्ने दाबी गरे ।

गोल्छाले व्यवसायीहरूको अनकुलतालाई प्रतिकुलतामा बदल्ने गर्विलो इतिहास रहेको भन्दै अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताएका हुन् ।

उनले नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पु¥याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्ष यताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने बताएका हुन् । गाेल्छाले महासंघ सरकारबिरुद्ध आान्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने र महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको बताए ।

उनले आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको बताउँदै नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको बताएर । उनले भने, “वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्नुपर्छ । उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबै अपm्ठ्यारोमा पर्ने सक्छन् त्यसैले सहजीकरण गरेर अघि बढ्न आवश्यक छ ।”
 



प्रतिक्रिया दिनुहोस !