५ जेष्ठ २०८१, शनिबार

‘वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्छ’

प्रकाशित मिति :  11 April, 2023 4:15 pm


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्र संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताए ।

मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताएका छन् । उनले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने बताए ।

उनले नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने उपाध्यक्ष ढकालले बताए ।

उनले अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !