५ जेष्ठ २०८१, शनिबार

समिट होटल परियोजनामा हामी सामान्य साझेदार मात्र हौं: सीजी डेभलपर्स

प्रकाशित मिति :  11 April, 2023 6:53 pm


काठमाडौँ । होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग आफ्नो नाम जोडिएको भन्दै सीजी डेभलपर्सले ध्यानाकर्षण भएको जनाएको छ ।

समिट होटल रहेको स्थानमा निर्माण कार्य भइरहँदा छेउका घरहरू भासिएपछि सो हाउजिङमा चौधरी ग्रुपको संलग्नता रहेको खुलेपछि आलोचना भइरहेको छ ।

होटल समिट प्रालिले विकास गरिरहेको परियोजनासँग सम्बन्धित घटनाक्रममा सीजीको को नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार एवं सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरूप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएकाे छ । सीजी डेभलपर्सकाे प्रेस विज्ञप्तीमा भनेको छ, “समिट होटल प्रा. ली. मा उक्त होटल संचालनमा रहेको समयदेखि अहिले समिट रेसिडेन्सीको परियोजनासम्ममा सीजी डेभलपर्स जम्मा ३० प्रतिशतको साझेदार हो । बाँकी ७० प्रतिशत हिस्साको साझेदारहरूमा रविभक्त श्रेष्ठ, अमृतरत्न शाक्य, सुवर्णकृष्ण श्रेष्ठ, संचित श्रेष्ठ र उहाँहरूकाे परिवार रहनुभएकाे छ । समिट होटल प्रा. ली. ले अगाडि बढाउन लागेको समिट रेसिडेन्सी परियोजनाको व्यवस्थापन एवं संचालनको जिम्मेवारी संचित श्रेष्ठले लिएका छन् । त्यसैले यस परियोजनाको निर्माणक्रममा सीजी डेपलपर्स व्यवस्थापन र संचालनमा संलग्न नरहेको हामी जानकारी गराउँदछौं ।”

”तर, होटल समिट प्रालिको परियोजनामा सीजी प्रत्यक्षरूपमा व्यवस्थापनमा संलग्न नरहेको अवस्थामा यस परियोजनामा हामीलाई जिम्मेवार ठहर्‍याउने गरी गरिएको टिकाटिप्पणीप्रति हामीलाई दुःख लागेको छ,” डेभलपर्सले भनेको छ ।



प्रतिक्रिया दिनुहोस !