५ जेष्ठ २०८१, शनिबार

यी तीन प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  12 April, 2023 8:07 am


सांकेतिक तस्बिर

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।



प्रतिक्रिया दिनुहोस !