५ जेष्ठ २०८१, शनिबार

बढ्यो सुन : तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार हुँदै

प्रकाशित मिति :  12 April, 2023 11:14 am


काठमाडौँ । आज बुधवार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बुधवार छापावाला सुन तोलाको एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलाको एक लाख १० हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

बुधवार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँमा बढेको छ । मंगलबार तोलाको १४३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार तोलामा १५ रुपैयाँ बढेर १४५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मुल्य तोलाको एक लाख ९ हजार ८०० र चाँदी १४३५ रुपैयाँ रह्रेको थियो ।



प्रतिक्रिया दिनुहोस !