वस्तुगत उपाध्यक्ष ढकाल, जिल्ला नगरमा बैद्य विजयी
प्रकाशित मिति : 13 April, 2023 7:20 am
काठमाडाैँ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।
ढकालले ६१ मत प्राप्त गरेका छन् भने अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मत प्राप्त गरेका छन् ।
जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट सुरकृष्ण वैद्य ४३ मत प्राप्त गर्दै विजयी भएका छन् । अन्जन श्रेष्ठ प्यानलबाट लडेका अजयराज सुमार्गीले ३७ मत र उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरेका छन्।
कार्यकारी समितिकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अञ्जन श्रेष्ठ, क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि.का उमेशलाल श्रेष्ठ र त्रिवेणी स्प्रिनिङ मिल्स प्रा.लि.का सामचन्द्र संघई तीन प्यानल भित्र रहेर विभिन्न पदमा चुनाव भएकाे हाे ।