वरिष्ठ उपाध्यक्षमा पुन: मतदान हुने, अञ्जन र उमेशलालको प्रतिस्पर्धा
प्रकाशित मिति : 13 April, 2023 12:26 pm
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको मत गणना सकिएको छ । मतगणना सकिएपनि ५० प्रतिशत मत नकट्दा पुनस् मतदान हुने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई उम्मेद्वार रहेका थिए ।
अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत, उमेशलालले ३१.४९ प्रतिशत र रामचन्द्र संघईले ३०.१९ प्रतिशत मत ल्याएका छन् । सबैभन्दा कम मत ल्याउने संघई बाहिरीएका छन् । दोस्रो चरणमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुने भएको छ ।
वरिष्ठ उपाध्यक्षको नतिजामा जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएटमा ३० प्रतिशत मतभार र वस्तुगतमा २० प्रतिशत मतभार रहेको छ ।








