५ जेष्ठ २०८१, शनिबार

आइएमईको ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ अफर सार्वजिनक

प्रकाशित मिति :  13 April, 2023 6:36 pm


काठमाडौँ । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मुल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहार स्वरुप जनही नगद रु ७ हजार प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विदेशमा रहेका नेपालीहरूले आइएमई वा आइएमईका साझेदारहरू मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्छन् ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ भने सो सम्बन्धि जानकारी कार्यालयका आधिकारिक सामाजिक संजाल र वेभ पेजहरू मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !