२४ बैशाख २०८१, सोमबार

नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै

प्रकाशित मिति :  15 April, 2023 9:20 am


काठमाडौँ । नेपाल र ओमानले आज एकदिवसीय अभ्यास खेल खेल्दैछन् । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुँदैछ ।

एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन ।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्दैछन् । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्नेछ ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म (अप्रिल १८ देखि १ मे) सम्म टियु र मुलपानी मैदानमा हुँदैछ । समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपालले तीन खेल टियुमा र एक खेल मुलपानीमा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !