यस्तो रहनेछ आजको मौसम
प्रकाशित मिति : 16 April, 2023 7:19 am
काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको छ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ ।
त्यस्तै राति कोशी प्रदेशको पहाडी भू-भागका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।








