५ जेष्ठ २०८१, शनिबार

२०८०को पहिलो कारोबारमा घट्यो सुनको मूल्य

प्रकाशित मिति :  16 April, 2023 1:12 pm


काठमाडौँ । २०८० सालको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ८०० रुपैयाँ घटेर तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ९ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार अघिल्लो कारोबारमा स्थिर रहेको चाँदी आज वर्षको पहिलो कारोबारमा पनि स्थिर रहँदै प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !