५ जेष्ठ २०८१, शनिबार

रोल्पा सिमेन्टको ८ करोड ४४ लाख वक्यौता, नतिरेको भन्दै विद्युत लाइन काटियो

प्रकाशित मिति :  17 April, 2023 10:54 am


उमा केसी-

रोल्पा। रोल्पा जिल्लाकै सबैभन्दा ठुलो उद्योग रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले ८ करोड ४४ लाख ६९७ रुपैया वक्यौता नतिरेको भन्दै लाइन काटिएको हो ।

रोल्पाको त्रिवेणी गाउँपालिका ३ वुढागाउँमा सञ्चालित उक्त उद्योगले अटेरी गरी वक्यौता नवुझाएकोले लाइन काटिएको नेपाल विद्युतप्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ ।

पटक पटक ताकेता गर्दा पनि अटेरी गरी महसुल नवुझाएपछि आइतवार लाइन काट्न वाध्य एको वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले बताए ।

सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नवुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । आएको शुल्क नवुझाएर थोरै थोरै मात्र वुझाउदा यतिधेरै वाकी देखियो कार्यालय प्रमुख साहको भनाइ छ ।

“यति ठूलो रकम वक्यौता हुदा समेत वुझाउन तत्परता नदेखाएपछि लाईन काट्नुको विकल्प भएन,” साहनले भने, “वाँकी वक्यौता नतिरे सम्म लाईन पुनःजडान हुदैन ।”



प्रतिक्रिया दिनुहोस !