५ जेष्ठ २०८१, शनिबार

गंगादेव गाउँपालिकाका वडाध्यक्षलाई अवैध हतियार सम्बन्धि मुद्दा

प्रकाशित मिति :  17 April, 2023 11:01 am


उमा केसी–
रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्ण वलीलाई अवैध हतियार सम्बन्धि मुद्दा लागेको छ ।

घर कोठामा अवैध हतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाका आधारमा घर खानतलासी गर्दा उनको कोठाबाट प्रहरीले एक थान म्याग्जिनसहितको पोस्तोल र तीन राउण्ड गोली बरामद गरेको थियो ।

उक्त पोस्तेल घरको कोठामा रहेको माटोको डोरी भित्र रातो बुट्टे रुमाल जस्तो कपडामा बेरेर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

पेस्ताेल तथा गोलीसमेत वरामद गरी ३३ वर्षीय वडाध्यक्ष वलीलाई नियन्त्रणमा लिई हात हतियार तथा खरखजना सम्बन्धि कसुरमा जिल्ला अदातल रोल्पावाट १४ दिनका लागी म्याद थप गरी अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !